Khaptad Organic Nepal

काठमाडौँ । मुख्य सडकलाई आधार बनाएर भित्री भागमा रहेका भवनको सम्पत्ति कर तोकिँदा स्थानीयवासीले समस्या भोगेको भन्दै काठमाडौँ महानगरपालिकाले मालपोत कार्यालयसँग सहकार्य गरेर निकास निकाल्ने भएको छ।

महानगरको ५५औँ कार्यपालिका बैठकलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले मालपोतसँगको संवादबाट समाधान ननिस्किएमा विधायन समिति, राजस्व समिति र सहरी योजना आयोगको संयुक्त टोलीले अध्ययन गरी नयाँ विकल्प ल्याउने जानकारी दिनुभयो। यस क्रममा उहाँले बिनाअध्ययन करको दर परिमार्जन नगरिएको र पहिलेकै दररेटलाई निरन्तरता दिइएको समेत प्रस्ट पार्नुभयो।

उक्त बैठकले सहरी योजना आयोगको सदस्य पदमा आर्किटेक्ट बाबुराम भट्टराई, डा. सुरजराज काफ्ले, सरस्वती मानन्धर, प्रसुनरत्न बज्राचार्य, सुरज डंगोल, पुरुषोत्तम महत र दामोदर गिरीको नियुक्तिलाई स्वीकृत गरेको छ। यसका साथै नगर प्रहरीमा गरिएको बढुवा, करारका कर्मचारीको सेवा अवधि थप र महिला तथा बालबालिका महाशाखा प्रमुख जानकी सिंहलाई बाल कल्याण अधिकारीको जिम्मेवारी दिने निर्णयसमेत पारित भएको छ।

बैठकले आपत्कालीन स्वास्थ्य सेवा सुधारका लागि बाइक एम्बुलेन्स सञ्चालनमा ल्याउने तथा काठमाडौँ चलचित्र महोत्सवको कार्ययोजना र बजेट स्वीकृत गर्ने निर्णय पनि गरेको छ। भूमि समस्या समाधान समितिबाट प्राप्त पत्रमाथि गहन विमर्श गर्दै महानगर क्षेत्रभित्र रहेका अव्यवस्थित बसोबासी, स्ववासी र बेनिस्साका जमिनको उचित व्यवस्थापनका लागि थप प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।