Khaptad Organic Nepal

काठमाडौँ । सनातन धर्मावलम्बीहरूले आज देशभर नयाँ जनै फेर्नुका साथै रक्षासूत्र बाँधेर जनै पूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणी पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् ।

वैदिक परम्पराअनुसार बिहानै नदी, ताल, तलाउ तथा धार्मिक कुण्डहरूमा पुगेर स्नान गरी गुरु पुरोहितको हातबाट मन्त्रिएको डोरो बाँध्ने गरिन्छ। सत्ययुगमा दानवराज बलिलाई गुरु बृहस्पतिले रक्षा विधानद्वारा बाँधेर देवगणको रक्षा गरेको पौराणिक प्रसङ्गलाई स्मरण गर्दै रक्षाबन्धन गर्ने प्रचलन रहिआएको हो । यसै अवसरमा तागाधारीहरूले दत्तिउन, गोबर र खरानी लगाएर ‘श्रावणी स्नान’ गरी कश्यप, अत्रि, वशिष्ठसहित सप्तऋषि र अरुन्धतीलाई तर्पण दिँदै नयाँ यज्ञोपवीत धारण गर्छन् ।

आजको दिन ११ प्रकारका गेडागुडी भिजाएर टुसा उमारेको क्वाँटी खाने विशेष परम्परा छ, जसले वर्षायामको चिसो हटाई पाचन प्रणाली र रोग प्रतिरोधी क्षमता सुदृढ बनाउने विश्वास गरिन्छ ।

यस्तै तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर आपसी प्रेम र सुरक्षाको कामना गर्छन् । पर्वको अवसरमा पशुपतिनाथ, गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, जनकपुरका धनुषसागर र गङ्गासागर लगायतका विभिन्न धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।