Khaptad Organic Nepal

काठमाडौँ । सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिकमा प्रतिमहिना ५ हजार रुपियाँ वृद्धि गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् । बैठकले माध्यमिक र आधारभूत तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब सम्बन्धित श्रेणीको सुरु तलब बराबर कायम गर्ने निर्णय पनि गरेको छ ।

यस्तै जापान सरकारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधार परियोजनाका लागि प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

साउदी अरेबियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्न र एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको सब-सेन्टर नेपालमा स्थापना गर्न स्वीकृति दिइएको छ ।

संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा परराष्ट्र मन्त्रीको नेतृत्वमा सहभागी हुने प्रतिनिधिमण्डललाई स्वीकृति दिइएको छ भने भुक्तानी तथा फस्यौंट ऐन र नागरिक लगानी कोष ऐन संशोधन विधेयक संसद्मा पेश गर्ने निर्णय भएको छ ।

सहसचिव कमलप्रसाद भट्टराईलाई विशिष्ट श्रेणीमा बढुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।