Khaptad Organic Nepal

पोखरा । लगातारको भारी वर्षापछि मोदी खोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका तथा आसपासका क्षेत्रका भौतिक पूर्वाधार, सडक र विद्युत् सेवामा ठूलो क्षति पुर्‍याएको छ ।

कास्की र पर्वतको सीमा भएर बग्ने उक्त खोलामा आएको बाढीले नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकखण्डअन्तर्गत वीरेठाँटी नजिकैको मुख्य सडक कटान गरेको छ । सडकको बेस नै बगाएपछि त्यस क्षेत्रमा यातायात आवगमन पूर्ण रूपमा ठप्प बनेको छ भने आसपासका बस्तीहरू जोखिममा परेका छन् ।

यसैबीच, अन्नपूर्ण गाउँपालिका–६ हाईजुङस्थित माता अन्नपूर्ण मन्दिरमा बाढीका कारण थुनिएका तीन जनाको सकुशल उद्धार गरिएको छ । खोलाको बीचमा रहेको मन्दिरमा बाढी पसेपछि पुजारीसहित तीन जना जोखिममा परेका थिए ।

बाढीले पातीचौर क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल बगाएपछि मोदी विद्युत् उपकेन्द्रबाट कुश्मा जाने विद्युत् आपूर्ति अवरुद्ध बनेको थियो । हाल दाना विद्युत् उपकेन्द्रबाट वैकल्पिक लाइनमार्फत कुश्मा क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।