Khaptad Organic Nepal

काठमाडौँ । सरकारी निकायहरूमा स्वदेशी वस्तु र सेवाको प्रयोग बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कडा निर्देशन जारी गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमीहरूसँगको परामर्शपछि सबै सार्वजनिक निकायहरूलाई नेपाली उत्पादनलाई नै पहिलो प्राथमिकता दिन आग्रह गरिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ र विद्यमान कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गराउँदै राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढाउन यो कदम चालिएको हो । सरकारको यो निर्णयले आयात प्रतिस्थापन, स्थानीय सीप र उद्यमको संरक्षणका साथै स्वदेशमै रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

पत्रअनुसार अबदेखि संघीय मन्त्रालय, आयोग, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूले बैठक, समारोह, उपहार तथा सजावटमा सम्भव भएसम्म नेपाली हस्तकलाका सामग्री नै प्रयोग गर्नुपर्नेछ ।

यस्तै स्टेशनरी, फर्निचर, निर्माण सामग्री, मेसिनरी औजार, खाद्य तथा पेय पदार्थ खरिद गर्दा पनि स्वदेशी उत्पादनलाई नै प्राथमिक अधिकार दिइनेछ ।

बोलपत्र कागजात तयार पार्दा नै स्वदेशी वस्तुलाई प्राथमिकता दिने प्रावधान अनिवार्य रूपमा राख्नुपर्नेछ । यस व्यवस्थाको कार्यान्वयनबारे सम्बन्धित कार्यालय प्रमुखले नियमित अनुगमन गर्नेछन् भने मन्त्रालयहरूले त्रैमासिक रूपमा निरीक्षण गर्नेछन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।