काठमाडौँ । युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले आफ्नो नेपाल कार्यकाल पूरा गर्दै बिदाइ भेटघाट तीव्र पारेकी छन् ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उनले परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै शिष्टाचार बिदाइ भेट गरेकी हुन् ।
भेटका क्रममा मन्त्री खनाल र सचिव राईले नेपाल र युरोपेली संघबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन राजदूत लोरेन्जोले खेलेको कूटनीतिक भूमिका र योगदानको उच्च प्रशंसा गर्दै उनको आगामी कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे ।
सो अवसरमा राजदूत लोरेन्जोले पनि नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सरकार र नेपाली जनताबाट पाएको अपार सद्भाव, सहयोग र सहकार्यप्रति हार्दिक आभार प्रकट गरेकी छिन् ।

