काठमाडौँ । संघीय संसद भवन नयाँ बानेश्वरमा मङ्गलबार प्रतिनिधि सभाको बैठक आयोजना गरिँदैछ ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार अपराह्न १ बजे निर्धारण गरिएको उक्त बैठकमा नयाँ विधेयकमाथि प्रारम्भिक छलफल गर्ने तयारी छ ।
बैठकको व्यवस्थापकीय कार्यअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

