काठमाडौँ । चीनका राष्ट्रपति सी जीनपीङले नेपालमा भर्खरै आएको विनाशकारी बाढीका कारण पुगेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना पत्र पठाएका छन् ।
चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले शुक्रबार एक सन्देश पठाउँदै बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकन्तप्त परिवार र प्रभावित नागरिकहरूप्रति हार्दिक सहानुभूति प्रकट गरेका हुन् ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण देशभर अहिलेसम्म ४८९ जनाले ज्यान गुमाइसकेका छन् भने एक हजारभन्दा बढी मानिसहरू अझै बेपत्ता रहेका छन् ।

