काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ भने चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने आज केही घटेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ९६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

