Khaptad Organic Nepal

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेपाल सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारत भ्रमणमा प्रस्थान गर्दैछन्। भारत सरकारको औपचारिक निमन्त्रणामा हुन लागेको यो तीन दिने भ्रमणलाई गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो । ६ सदस्यीय टोलीमा अर्थ र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

दिल्ली प्रस्थान गरेलगत्तै अर्थमन्त्री वाग्लेले बिहीबार नै भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । शुक्रबार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटघाटको समय तय भएको छ । सोही दिन पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा भाग लिने र भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने विशेष कार्यक्रममा सामेल हुने कार्यतालिका छ ।

भ्रमणको अन्तिम दिन शनिबार बिहान भारतीय उद्योग परिसंघ (CII) द्वारा आयोजित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा उनले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् । दिउँसो दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थनीतिबारे आयोजना हुने प्राज्ञिक छलफलमा सहभागी भई उनी शनिबार साँझ नै काठमाडौँ फर्किनेछन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।