Khaptad Organic Nepal

काठमाडौँ । मुटुसम्बन्धी समस्याबाट जोगिन पूर्वसावधानी र जनचेतना आवश्यक रहेको औँल्याउँदै आज नेपालसहित विश्वभर विश्व मुटु दिवस मनाइँदै छ । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो दिवस मनाउने घोषणा गरिएको हो ।

विश्व मुटु महासंघले यस वर्षका लागि ‘धड्कन नछुटाऔँ’ भन्ने मूल अभियान सन्देश तय गरेको छ, जसको विस्तृत सन्देश ‘मुटुसम्बन्धी रोग लुकेर रहन सक्छ : धड्कन नछुटाऔँ’ भन्ने रहेको छ । सन् २००० को सेप्टेम्बर २७ मा पहिलोपटक मनाइएको यो दिवस सन् २०११ सम्म सेप्टेम्बरको अन्तिम आइतबार मनाउने गरिन्थ्यो । त्यसयता भने हरेक वर्ष सेप्टेम्बर २९ का दिन यो दिवस मनाइँदै आइएको छ ।

स्वास्थ्यविज्ञहरूका अनुसार मुटुरोगको जोखिमबाट बच्न यसबारे व्यापक जनचेतना फैलाउनु र रोग लाग्नै नदिनु नै प्रमुख उपाय हो । अत्यधिक मासु र मदिराको सेवन नगरी सागपात तथा फलफूलमा जोड दिन चिकित्सकहरूले सुझाव दिएका छन् । साथै, खानपानमा सजगता अपनाउँदै नियमित व्यायाम गर्ने, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नाले मुटुरोगबाट जोगिन सकिन्छ ।

मुटुरोग गम्भीर भए तापनि करिब ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिने प्रकृतिका हुन्छन् । विश्व मुटु महासंघको तथ्याङ्कअनुसार मुटुरोगका कारण विश्वभर वार्षिक १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ, जसमा ८० प्रतिशतभन्दा बढी मानिस विकासोन्मुख देशका विपन्न वर्गका रहेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।