काठमाडौँ । संघीय संसदका दुई समितिको बैठक आज बस्दैछ, जसमा पर्यटन क्षेत्रको क्षति र कानुन संशोधन सम्बन्धी विधेयक मुख्य एजेन्डा रहेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ९ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा पछिल्लो समय रसुवामा आएको बाढीपहिरोका कारण त्यस क्षेत्रको पर्यटन व्यवसाय र पूर्वाधारमा पुगेको असरबारे विस्तृत छलफल हुने बताइएको छ ।
यसैगरी, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १२:१५ बजे सुरु हुनेछ। सो बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

