चितवन । नारायणी नदीमा आएको बाढी बस्तीमा पसेर घरहरू डुबानमा परेपछि जोखिममा परेका नागरिकहरूलाई सुरक्षा निकायले जोगाएको छ ।
आइतबार बिहान करिब साढे १० बजे भरतपुर महानगरपालिका–१६ स्थित झनझने गुम्बाचोकका तीनवटा घरहरू अविरल वर्षाका कारण नारायणीको बहाव बढेर पूर्ण रूपमा डुबेका थिए ।
बाढी घरभित्र पसेपछि ज्यान जोगाउन छतमा पुगेर बसेका १० जना स्थानीयलाई सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनको टोलीले रबरबोट प्रयोग गरी सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएका सबै जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

