Khaptad Organic Nepal

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण गर्दा जोखिमयुक्त स्थान छोडेर सुरक्षित बस्ती विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

बुधबार नुवाकोटका बाढी प्रभावित क्षेत्रको अनुगमन गर्दै उनले जलवायु परिवर्तनका कारण हिमताल र हिमनदीको जोखिम बढ्दै गएकाले यसलाई सामान्य विपद्को रूपमा नलिन चेतावनी दिए । बाढीले पुर्‍याएको क्षतिबारे स्थानीय जनप्रतिनिधि र बासिन्दासँग छलफल गर्दै डा. भट्टराईले नदीको बहाव क्षेत्रको जमिन सरकारले अधिग्रहण गरी विस्थापितलाई सुरक्षित स्थानमा वैकल्पिक जग्गाको व्यवस्था गर्नुपर्ने विचार व्यक्त गरे ।

विदुर नगरपालिकाका विभिन्न क्षतिग्रस्त स्थानको निरीक्षणका क्रममा उनले बाढीपछिको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनमा तीनवटै तहका सरकारबीच देखिएको सहकार्यको प्रशंसा गरे ।

नगरप्रमुख राजन श्रेष्ठसहितका प्रतिनिधिबाट क्षतिको विवरण लिएपछि उनले पुनरुत्थान र दीर्घकालीन पुनर्निर्माणमा पनि यही किसिमको समन्वय कायम राख्न सुझाव दिए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।