Khaptad Organic Nepal

काठमाडौँ । पृथ्वी राजमार्गको चर्चित जोखिमयुक्त स्थल कृष्णभीरमा पूर्ण रूपमा ठप्प बनेको यातायात सेवा आजबाट दुईतर्फी नै सञ्चालनमा आएको छ ।

बाढीले पुरानो सडक संरचना ध्वस्त बनाएपछि नयाँ विकल्प खोजेर पहाड नै काटेर तयार पारिएको नयाँ मार्गमार्फत निर्बाध रूपमा गाडीहरू चल्न थालेका हुन् ।

गत भदौ १० गतेको बाढीले यहाँको सुरक्षा पर्खालमा पहिलो क्षति पुर्‍याएको थियो भने भदौ १४ गते आएको अर्को ठूलो बाढीले पर्खाल पूर्ण रूपमा भत्काइदिएपछि राजमार्ग पूर्ण अवरुद्ध बनेको थियो । अवस्था जटिल बनेपछि पूर्वाधार विकास मन्त्रालय, सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले संयुक्त अध्ययन गरी नयाँ सडक बनाउने निष्कर्ष निकालेका थिए । प्राविधिककै सल्लाहबमोजिम भदौ १९ गतेदेखि रुख कटानी गरी ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर २५० मिटर लामो नयाँ सडक खण्ड तयार पारिएको हो ।

दैनिक ५० जना प्राविधिक तथा श्रमिकहरूले १२ देखि १६ घण्टासम्म निरन्तर खटिएर काम सुरु गरेको दसौँ दिन अर्थात् भदौ २८ गते नै अस्थायी रूपमा ग्यास बुलेटसहितका सवारी साधन परीक्षणका रूपमा चलाइएको थियो । आवश्यक बाँकी पूर्वाधार निर्माणको काम पनि सम्पन्न भएसँगै आजदेखि दुवैतर्फबाट सवारी साधन सञ्चालनमा ल्याइएको हो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।