Khaptad Organic Nepal

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनलाई कब्जामा लिएर २४ गते सुनियोजित ढंगले लोकतन्त्रमाथि नै धावा बोलिएको बताएका छन् ।

भदौ २४ गते भएको घटनाको एक वर्ष पुगेको सन्दर्भमा एक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, दलका कार्यालय तथा सर्वसाधारणको सम्पत्तिमाथि भएको तोडफोड र आगजनीलाई देशको इतिहासकै सबैभन्दा निराशाजनक र कालो क्षणका रूपमा चित्रण गरेका छन् ।

उम्मेदवार तथा सुरक्षा व्यवस्थाका विषयमा अघिल्लो दिन युवाको ज्यान गएको घटनाबाट सिर्जित आक्रोश मात्र यो नभएको उल्लेख गर्दै उनले यस पछाडिको वास्तविक षड्यन्त्र पत्ता लगाउन गहिरो अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् । तत्कालीन सरकारका प्रमुख र गृहमन्त्रीलाई मात्रै दोषी देखाएर कारबाहीको दायरामा ल्याउन खोजिएको भन्दै उनले सो दिन सुरक्षा निकायको भूमिकाबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन् ।

घटनामा संलग्नहरूलाई उन्मुक्ति दिने र छानबिन प्रक्रिया रोक्ने कार्यले राजनीतिमा गलत परम्परा बसालेको भन्दै ओलीले आन्दोलनका नाममा अराजकता फैलाउने र हिंसालाई प्रश्रय दिने प्रवृत्तिले मुलुकको लोकतान्त्रिक व्यवस्थालाई गम्भीर क्षति पुर्‍याउने चेतावनी दिएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।