Khaptad Organic Nepal

काठमाडौँ । भारत सरकारले पछिल्लो समय कच्चा खाद्य तेलको आयात शुल्कमा गरेको भारी कटौतीले नेपालबाट भारततर्फ हुँदै आएको प्रशोधित तेलको निर्यात प्रभावित हुने जोखिम बढेको छ ।

भारतले कच्चा पाम, भटमास र सूर्यमुखी तेलको भन्सार दर घटाएपछि भारतीय उद्योगीहरूले तेस्रो मुलुकबाट सस्तोमा कच्चा पदार्थ आयात गर्न सक्ने भएका छन् । यसले गर्दा विगतमा नेपाली उद्योगहरूले पाउँदै आएको ‘ड्युटी डिफरेन्स’ (भन्सार अन्तर) को लागतगत लाभ कमजोर बनेको छ ।

नेपाल चामल, तेल, दाल उत्पादक संघका सदस्य विभोर अग्रवालका अनुसार भारतमा कच्चा तेलको आयात शुल्क घटेसँगै त्यहाँका स्थानीय उद्योगीहरूले नै सस्तो मूल्यमा तेल उत्पादन गर्न सक्नेछन् । यसअघि भारतमा कच्चा तेलमा बढी भन्सार शुल्क लाग्ने र नेपालमा कम लाग्ने भएकाले नेपालबाट प्रशोधित तेल भारत पठाउनु आर्थिक रूपमा फाइदाजनक थियो । अब भारतीय बजारमै स्थानीय तेल सस्तो हुने भएपछि नेपाली उत्पादकहरूलाई मूल्य प्रतिस्पर्धा कायम राख्न र नाफा जोगाउन कठिन हुने देखिएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट १ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढीको भटमास, पाम र सूर्यमुखी तेल निर्यात भएको थियो, जसको मुख्य गन्तव्य भारत नै हो । यसमा १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँको हिस्सा भटमासको तेलले ओगटेको छ ।

भारतको नयाँ शुल्क नीतिका कारण निर्यातको परिमाण र उद्योगको नाफा मार्जिनमा मात्र नभई कच्चा पदार्थको आयात, ढुवानी, बैंकिङ कारोबार तथा नेपाल सरकारको राजस्वमा समेत नकारात्मक असर पर्न सक्ने व्यवसायीहरूको भनाइ छ । अर्कातिर, भारततर्फ निर्यात घट्दा उक्त तेल आन्तरिक बजारमा खपत भई नेपाली उपभोक्ताका लागि भने तेल केही सस्तो हुन सक्ने आकलन गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।