Khaptad Organic Nepal

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी चारवटा विभिन्न संसदीय समितिका बैठकहरू सञ्चालन हुँदैछन् ।

बिहान ८:३० बजेबाट सुरु हुने अर्थ समितिको बैठकमा नेपालको सेयर बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने विषयमा सरोकारवालाहरूसँग विस्तृत छलफल हुने कार्यक्रम तय भएको छ । यसैगरी, बिहान ९:३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा देशभरका कारागार र हिरासतमा रहेका कैदीबन्दीहरूको मानव अधिकार अवस्थाबारे तयार पारिएको उपसमितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची राखिएको छ ।

राष्ट्रिय सभातर्फ, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ । उक्त बैठकमा आगामी कोप-३१ सम्मेलनलाई लक्षित गर्दै कृषि, वन तथा पर्यावरण मन्त्रालय र ऊर्जा मन्त्रालयका गतिविधिबारे समीक्षा गरिनेछ । सोही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भने आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।