Khaptad Organic Nepal

बुटवल । सिद्धार्थ राजमार्गको जोखिमयुक्त सिद्धबाबा खण्डमा गुडिरहेको गाडीमाथि पहिरो खस्दा दुई यात्रु चोटपटक लागेर घाइते भएका छन् ।

पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको कारलाई तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट आएको ढुंगाले लागेको थियो । साँझ करिब साढे ६ बजे भएको उक्त दुर्घटनामा परि गाडीमा पूर्ण रूपमा क्षति पुगेको छ ।

सवारीमा चालकसहित तीन जना सवार रहेकोमा चालक भने सुरक्षित रहेका छन् । दुर्घटना लगत्तै उद्धार गरि घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ । घाइते हुनेहरूमा बुटवल–७ दिपनगरकी ३७ वर्षीया जुलन र जेसिज चोककी ६२ वर्षीया राधिका ढकाल रहेका छन् । चिकित्सकका अनुसार उनीहरूको अवस्था मध्यम छ ।

कार चलाइरहेका रुपन्देही शुद्धोधनका ३६ वर्षीय राजकुमार लोधलाई भने कुनै चोट लागेको छैन । सिद्धबाबा क्षेत्रमा निरन्तर ढुंगा खस्ने खतरा रहेकाले उक्त सडकखण्ड भई यात्रा गर्दा विशेष होसियारी अपनाउन इलाका प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।