Khaptad Organic Nepal

काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर २५ तारिखका दिन संसारभरका औषधिविज्ञहरूको योगदानलाई स्मरण गर्दै विश्व फार्मासिस्ट दिवस मनाउने गरिन्छ ।

नागरिकको स्वास्थ्य सुरक्षा र उचित औषधि उपचार प्रणालीमा फार्मासिष्टहरूले खेल्दै आएको भूमिकालाई कदर गर्दै यो दिवस मनाउन थालिएको हो । यस वर्ष अन्तर्राष्ट्रिय औषधि महासंघ (एफआईपी) ले ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने मूल नाराका साथ यो दिवस मनाइने जनाएको छ ।

सन् १९१२ मा स्थापना भएको अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलको निर्णयअनुसार सन् २००९ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो ।

टर्कीको इस्तानबुलमा सम्पन्न ‘वर्ल्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्स’ को बैठकले हरेक वर्ष सेप्टेम्बर २५ लाई विश्व फार्मासिस्ट दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । बिरामीलाई सही औषधिको छनोट, प्रयोग र परामर्श दिँदै स्वास्थ्य सेवामा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्नुका साथै यो पेसासँग आबद्ध विज्ञहरूलाई सम्मान व्यक्त गर्नु यस दिवसको मुख्य ध्येय हो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।