Khaptad Organic Nepal

काठमाडौँ । जापानको आइची-नागोयामा सञ्चालन भइरहेको एसियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा सुखद श्रीगणेश गरेको छ ।

मंगलबार बिहान भएको समूह ‘बी’ को पहिलो भिडन्तमा नेपाली महिला टोलीले थाइल्याण्डमाथि ४६-४३ को रोमाञ्चक जित दर्ता गर्यो । थाइल्याण्डलाई पन्छाउँदै हासिल गरेको यो जितसँगै नेपालले आफ्नो समूहमा महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । तालिका अनुसार नेपाली टोलीले आफ्नो दोस्रो खेलमा बुधबार चाइनिज ताइपेइको सामना गर्नेछ भने बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

यसपटक एसियाडमा प्रतिस्पर्धा गरिरहेको टोलीको कप्तानी मनमती विष्टले सम्हालेकी छन् । टोलीका अन्य सदस्यहरूमा नानुमाया पराजुली, मनिषा जोशी, मेनुका कुमारी राजबंशी, जयन्ति बडु, विनिता पण्डित क्षेत्री, आसमा यादव, मिना नेपाली, रबिना चौधरी, सिर्जना कुमारी थारु, खिममाया खत्री र गङ्गा घिमिरे रहेका छन् ।

महिला टोलीले सफलता हात पारिरहँदा पुरुष कबड्डीतर्फ भने नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । मंगलबारै सम्पन्न दोस्रो खेलमा नेपाली पुरुष टोली पाकिस्तानसँग ५८-४३ को फराकिलो अन्तरले पछि पर्यो ।

यसअघि भएको पहिलो खेलमा पनि नेपाल थाइल्याण्डसँग ५९-४८ ले पराजित भएको थियो । अब पुनरागमनको खोजीमा रहेको पुरुष टोलीले बुधबार चाइनिज ताइपेइ र बिहीबार मलेसियाविरुद्ध मैदान उत्रिनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।