Khaptad Organic Nepal

काठमाडौँ । वर्षा तथा सहकालका देवता मानिने देवराज इन्द्रको श्रद्धा-भक्तिपूर्वक पूजा-आराधना गर्दै आज देशभर परम्परागत इन्द्रजात्रा पर्व मनाइँदै छ ।

काठमाडौँ उपत्यकाका तीनै शहरका साथै काभ्रेको धुलिखेल र दोलखा लगायतका क्षेत्रमा यो जात्रा विशेष उत्साहका साथ आयोजना गरिन्छ । भाद्र शुक्ल द्वादशीमा हनुमानढोका अगाडि धार्मिक परम्परा अनुसार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो उत्सव आठ दिनसम्म विभिन्न धार्मिक विधि, नाचगान र रथयात्रा गरी मनाइन्छ । ‘इन्द्रध्वजोत्थान’ भनिने लिङ्गोको फेदमा भैरवको पूजा गर्ने गरिन्छ, जसलाई शत्रुमाथि विजय प्राप्त गरेको खुसीयाली र शक्तिको प्रदर्शनका रूपमा लिइन्छ ।

यस जात्राका लागि लिङ्गो चयन गर्ने प्रक्रिया पनि विशेष हुन्छ । तान्त्रिक विधिबाट भक्तपुरको चितपोल जङ्गलमा बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । त्यसपछि शुभ साइत पारेर उपत्यका भित्र्याइने लिङ्गोलाई एक रात भोटाहिटीमा राखेर एकादशीमा इन्द्रध्वजाका रूपमा तयार गरिन्छ । इन्द्रजात्राको मुख्य दिन आज हनुमानढोकास्थित गद्दी बैठकमा राष्ट्रपति उपस्थित भई जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ । यस जात्राको अवधिभर सहरमा लाखेनाच, भक्कुनाच, महाकालीनाच, दशअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाचको भव्य प्रदर्शन हुन्छ ।

भाद्र शुक्ल द्वादशीमा उठाइएको लिङ्गोलाई आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन भरणी नक्षत्रको रातमा विधिपूर्वक लडाइन्छ, जसलाई ‘इन्द्रध्वज पातन’ भनिन्छ । महाभारत, वाल्मीकि रामायण, कालिका पुराण तथा बृहत्संहिताजस्ता प्राचीन ग्रन्थहरूमा समेत इन्द्रजात्राको उल्लेख भएकाले संस्कृतिविद्हरू यसलाई दशैँ, तिहार र फागुभन्दा पनि पुरानो पर्व मान्छन् ।

आजको दिन उपत्यकाको पश्चिममा रहेको इन्द्रदहमा रातभर जाग्राम बसेर भाद्र शुक्ल पूर्णिमाका दिन स्नान तथा मेला भर्ने भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।