Khaptad Organic Nepal

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ बाटो निर्माण गरी दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको प्रति उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले खुसी व्यक्त गरेका छन् ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि कृष्णभीर खण्डमा सवारी आवागमन ठप्प बनेको थियो । सडक अवरुद्ध हुँदा आम सर्वसाधारणको यात्राका साथै दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत गम्भीर असर परेको थियो ।

घिसिङले कृष्णभीर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिम उच्च रहेकाले यसको दीर्घकालीन र दिगो समाधान खोज्न आग्रह गरेका छन् । विज्ञहरूबाट विस्तृत भौगर्भिक अध्ययन गराएर मात्र सुरक्षित सडक संरचना बनाउनुपर्ने उनको जोड छ ।

साथै, भविष्यमा हुन सक्ने सम्भावित विपद्लाई ध्यानमा राख्दै तत्काल वैकल्पिक सडकको पहिचान र निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन् । अवरुद्ध सडक छोटो समयमै सञ्चालनमा ल्याउन अहोरात्र खटिने भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग, नौबिसे–मुग्लिङ सडक आयोजना, सुरक्षाकर्मी, प्राविधिक, निर्माण व्यवसायी र स्थानीयवासीलाई घिसिङले धन्यवाद दिएका छन् ।

यसैबीच, उनले बट्टार–वेत्रावती हुँदै धुन्चे–स्याफ्रुबेँसी सडकखण्ड पनि यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यान खिचेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।