Khaptad Organic Nepal

काठमाडौँ । चलचित्र विकास बोर्डले असोज ४ गते आइतबारसम्मको घरेलु बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दै विभिन्न नेपाली चलचित्रको कमाइ विवरण बाहिर ल्याएको छ ।

बोर्डको तथ्याङ्क अनुसार गत साउन १ गतेदेखि प्रदर्शनमा आएको सामाजीक कथावस्तुमा आधारित चलचित्र ‘गौथली’ले बक्स अफिसमा कुल २५ करोड ९४ लाख ७३ हजार रुपैयाँको सानदार ग्रस कलेक्सन गरेको छ । यस अवधिमा यो फिल्म हेर्न ९ लाख ४० हजार ९१५ जना दर्शक हलसम्म पुगेका छन् ।

त्यस्तै, भदौ २६ गतेबाट एकसाथ प्रदर्शनमा आएका दुई नयाँ चलचित्र ‘पेन्सन पट्टा’ र ‘बेहुली’ले पनि व्यापार राम्रो बनाएका छन् । ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै ३ करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी गर्दा कुल १ लाख २९ हजार ११८ वटा टिकट बिक्री भएका छन् । सोही मितिमा रिलिज भएको ‘बेहुली’ले ९४ हजार ८८५ दर्शकको साथ पाउँदै २ करोड ६८ लाख २८ हजार रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ ।

उता भदौ १२ गतेदेखि हलमा लागेको ‘पार्वती’ले अहिलेसम्म ७९ हजार ८४६ टिकट बिक्री गर्दै २ करोड २४ लाख ३१ हजार रुपैयाँको व्यापार दर्ता गराएको छ ।

साथै, नेपालको तर्फबाट आगामी प्रतिष्ठित ओस्कर अवार्डका लागि समेत सिफारिस भई अन्तर्राष्ट्रिय वृत्तमा चर्चा बटुलेको चलचित्र ‘इलेफेन्ट इन द फग’ (तिनीहरु) ले हालसम्म ३३ हजार १३६ टिकट बिक्री मार्फत १ करोड १६ लाख ५४ हजार रुपैयाँ संकलन गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।