काठमाडौँ । त्रिपुरेश्वर चोक नजिकै गुडिरहेको एक यात्रुवाहक बसमा अकस्मात् आगलागी हुँदा चालक घाइते भएका छन् ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा लागेको आगोका कारण २५ वर्षीय चालक दावा लामा पोलेर घाइते भएका हुन् ।
आगलागीको खबर पाउनासाथ उद्धारमा खटिएको प्रहरी टोलीले घाइते चालकलाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाएको जनाएको छ ।

