Khaptad Organic Nepal

काठमाडौँ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित बनेका जलविद्युत् आयोजना र अन्य पूर्वाधारलाई पुनः सुरक्षित एवं जलवायु उत्थानशील ढङ्गले निर्माण गर्न राष्ट्रिय योजना आयोग र ऊर्जा मन्त्रालयबिच एकीकृत ढाँचामा अघि बढ्ने समझदारी भएको छ ।

बिहीबार सम्पन्न बैठकमा पूर्वाधारमा भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्ने, नदी तटीय क्षेत्रको प्राविधिक सर्वेक्षण गर्ने, विपद्को पूर्वसूचना दिने संयन्त्रलाई अझ प्रभावकारी बनाउने र प्रभावितको पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्ने विषयमा दुवै निकाय सहमत भएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भविष्यमा आउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सडक तथा जलविद्युत् जस्ता संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । बाढीले क्षति पुर्‍याएका नदी करिडोरहरूमा एकीकृत गुरुयोजना तयार गरी पुनर्निर्माणका लागि आवश्यक बजेट तथा स्रोत साधनको प्रबन्ध मिलाइने प्रतिबद्धता उनले व्यक्त गरे ।

यसैबिच योजना आयोगले विपद्बाट भएको भौतिक क्षतिको विवरण संकलन गर्न विशेष कार्यविधि बनाएर आगामी हप्ताबाटै प्रत्यक्ष स्थलगत अध्ययन सुरु गर्ने तयारी गरेको छ ।

यसका साथै, सङ्कटको समयमा पनि विद्युत् सेवा नियमित राख्नका लागि वैज्ञानिक ऊर्जा मिश्रण र आधुनिक प्रविधिको पूर्वसूचना प्रणाली स्थापना गर्ने रणनीति तय गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।