Khaptad Organic Nepal

काठमाडौँ । विद्यालय समय र मर्यादा त्यागेर राजनीतिक दलका गतिविधिमा सक्रिय हुने शिक्षक तथा कर्मचारीमाथि कडा कारबाही हुने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रचलित कानुनको परिधिभित्र रहेर त्यस्ता शिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत शिक्षकहरू राजनीतिक दलका सभा-समारोह र कार्यक्रममा सहभागी भएका तस्बिर तथा दृश्य सार्वजनिक भएपछि मन्त्रालयको ध्यान आकर्षित भएको हो । मन्त्री पोखरेलले देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक गतिविधिमाथि सूक्ष्म निगरानी बढाउनसमेत भनेका छन् ।

मन्त्रालयको निर्देशनलगत्तै स्थानीय स्तरमा पनि यसको कार्यान्वयन सुरु भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई औपचारिक पत्र पठाउँदै विद्यालयमा पठनपाठन छोडेर राजनीतिमा लाग्ने शिक्षकको निगरानी गर्न आग्रह गरेको छ । शिक्षक आचारसंहिता एवं शिक्षा ऐन र नियमावलीविपरीत गतिविधिमा संलग्न पाइएमा तत्काल कानुनी कारबाही अगाडि बढाउन भनिएको छ ।

यसैगरी शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले पनि दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै राजनीतिक गतिविधिमा संलग्न शिक्षकमाथि कारबाही चलाउन निर्देशन दिएको छ ।

सिन्धुली एकाइले सामाजिक सञ्जालमा प्राप्त प्रमाणका आधारमा प्रेमप्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुनकुमार गौतम र यतिराज तिमल्सिनाको नामै तोकेर छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउन भनेको छ ।

शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनका व्यवस्था उल्लङ्घन गर्ने शिक्षकहरूलाई कारबाही गरी सोको विवरण एकाइमा पठाउन स्थानीय तहहरूलाई निर्देशन दिइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।