धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मितेरी टोलमा आधा दर्जन सवारीसाधन एकापसमा ठोक्किएका छन् ।
अचानक अगाडिको गाडीले ब्रेक लगाउँदा नियन्त्रण गुमाएर पछाडिका गाडीहरू जुध्न पुगेका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । तेल बोकेको ट्याङ्करले लेन छाडेर अर्कोतर्फ जाँदा पछाडि रहेको ट्रकमा क्षति पुगेको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय खानीखोलाले अनुसन्धान अघि बढाउँदै भौतिक क्षतिको विवरण संकलन गरिरहेको छ ।

