Khaptad Organic Nepal

काठमाडौँ । चलचित्र विकास बोर्डले हालै प्रदर्शनरत नेपाली चलचित्रहरूको नयाँ बक्स अफिस विवरण सार्वजनिक गरेको छ। बोर्डका अनुसार भदौ २१ गते आइतबारसम्मको तथ्याङ्कमा साउन १ गतेबाट हलमा लागेको चलचित्र ‘गौथली’ले व्यापारमा आफ्नो एकछत्र दबदबा कायमै राखेको देखिन्छ ।

सार्वजनिक विवरण अनुसार ‘गौथली’ले अहिलेसम्म २५ करोड ८६ लाख २८ हजार रुपैयाँको ग्रस कलेक्सन गरिसकेको छ। यस अवधिसम्ममा फिल्मका ९ लाख ३० हजार ७४४ थान टिकट बिक्री भइसकेका छन् ।

अर्कोतर्फ, भदौ १२ गतेदेखि प्रदर्शनमा आएको नयाँ चलचित्र ‘पार्वती’ले पनि सुरुवाती दिनमै उत्साहजनक व्यापार गर्न सफल भएको छ। फिल्मले अहिलेसम्म ५४ हजार ७३५ टिकट बिक्री गर्दै १ करोड ५८ लाख ८४ हजार रुपैयाँ संकलन गरिसकेको छ ।

यस्तै, भदौ ५ गतेबाट दर्शकमाझ आएको प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’को व्यापार भने सुस्त देखिएको छ । हलहरूमा खासै प्रभाव जमाउन नसकेको यस चलचित्रले हालसम्म १२ हजार १९७ टिकट बिक्री गर्दै ४० लाख १५ हजार रुपैयाँ मात्र कमाएको छ ।

त्यस्तै, साउन २२ गतेदेखि हलमा प्रदर्शन भइरहेको चलचित्र ‘हली’को व्यापार पनि कमजोर रहेको छ । यस अवधिमा ८ हजार ५२५ टिकट बिक्री गर्दै फिल्मले २३ लाख ३२ हजार रुपैयाँ बराबरको मात्र कारोबार गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।