Khaptad Organic Nepal

काठमाडौँ । हालैको विनाशकारी बाढीले मुलुकका विभिन्न भागमा यातायात पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि सरकारले पुनर्निर्माण र सडक खुलाउन तीव्र गतिमा काम सुरु गरेको छ ।

गल्छी–वेत्रावती–रसुवागढी सडकखण्डको ८२ किलोमिटर क्षेत्र बाढीबाट नराम्ररी प्रभावित भएको छ भने बिदुर–स्याफ्रुबेँसी हुँदै रसुवागढी जोड्ने खण्डमा ४० किलोमिटर सडक पूर्ण रूपमा र १६ किलोमिटर आंशिक रूपमा ध्वस्त भएको छ । यसबाहेक पृथ्वी राजमार्गका कृष्णभीर तथा परेवाभीर क्षेत्रमा पनि क्षति पुगेको छ ।

बाढीका कारण कुल ४८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ, जसमध्ये २० वटा सामान्य मर्मतपछि सञ्चालन गर्न सकिने र २८ वटा भने नयाँ नै बनाउनुपर्ने अवस्था छ । त्यस्तै प्रभावित क्षेत्रका ३१ वटा मोटरेबल पुल बगेका छन् ।

क्षतिग्रस्त सडक खुलाउन ५० जना प्राविधिकहरू कार्यक्षेत्रमा खटिएका छन् भने सडक बोर्डमार्फत तत्कालका लागि ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । थप आवश्यक रकम आयोजनाहरूकै बजेटबाट व्यवस्थापन गर्ने अनुमति दिइएको छ ।

हाल गल्छी, बैरेनी, मुङ्गेलगायतका क्षेत्रमा लेदो पन्छ्याएर यातायात सुचारु गरिएको छ भने वेत्रावती, तादी–देवीघाट र गल्छी–देवीघाट खण्डमा बेलिब्रिज निर्माणको तयारी अघि बढाइएको छ । अन्य २० स्थानमा बेलिब्रिजको सम्भाव्यता अध्ययन भइरहेको छ भने मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै पूर्ण रूपमा मर्मत गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।