Khaptad Organic Nepal

काठमाडौँ । संघीय संसदका दुवै सदन अन्तर्गतका ६ वटा संसदीय समितिको बैठक आज शुक्रबार बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका तीन-तीन वटा समितिले विभिन्न महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने कार्यसूची छ । उक्त बैठकमा अर्थमन्त्री, सचिव, कानुन सचिव र नेपाल राष्ट्र बैंकका अधिकारीहरू सहभागी हुँदैछन् । यस्तै, महिला तथा सामाजिक मामिला समितिमा बाढी प्रभावित क्षेत्र तथा राहत शिविरमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र जोखिममा परेका समूहलाई यौन शोषण, हिंसा र उत्पीडनबाट संरक्षण गर्ने विषयमा विचारविमर्श हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भने भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षति, स्वास्थ्य तथा खाद्य स्वच्छता सम्बन्धी राहत, पुनःस्थापना र रणनीतिबारे स्वास्थ्यमन्त्री र सचिवसँग छलफल गर्दैछ ।

अर्कोतर्फ, राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले जलवायु परिवर्तनले नेपालमा पारेको असर र आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलनबारे विज्ञहरूसँग परामर्श गर्नेछ । विधायन व्यवस्थापन समितिमा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि दफावार छलफल हुनेछ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले संघीयता कार्यान्वयनका विविध आयामबारे विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।