Khaptad Organic Nepal

काठमाडौँ । देशका विभिन्न सरकारी निकायमा सरुवा भएका कर्मचारीलाई समयमै रमाना नदिई पुरानै स्थानमा काम गराउने र तलबभत्तासमेत निकासा गर्ने परिपाटी अन्त्य गर्न कडा कदम चालिएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई पत्राचार गर्दै तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको छ ।

सरुवा भइसकेका कर्मचारीलाई विभिन्न बहानामा रोकेर राख्दा खासगरी स्थानीय तहमा जनशक्तिको अभाव भई सेवा प्रवाहमा प्रत्यक्ष असर परेको मन्त्रालयको निष्कर्ष छ । निजामती सेवा नियमावली अनुसार तोकिएको म्यादभित्र रमाना नदिई साविककै कार्यालयबाट तलब भुक्तानी जारी राखेमा उक्त अवधिभरको रकम सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाटै असुलउपर गरिने चेतावनी दिइएको छ ।

यस व्यवस्थालाई कडाइका साथ पालना गराउन महालेखा परीक्षकको कार्यालयलाई बेरुजु कायम गर्न र महालेखा नियन्त्रक कार्यालयलाई मातहतका कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत निगरानी बढाउनसमेत अनुरोध गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।