Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि तल्लो तहदेखि केन्द्रीय तहसम्मका विभिन्न पदमा प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारहरूका निम्ति मनोनयन शुल्क सार्वजनिक गरेको छ ।

नयाँ निर्वाचन निर्देशिका बमोजिम पार्टीको असोज ३ र ४ गते वडास्तरबाट प्रारम्भ हुने अधिवेशन प्रक्रिया असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनसम्म सञ्चालन हुनेछ । उक्त तालिका अनुसार शीर्ष पद मानिने केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिन रु ४० हजार दस्तुर तोकिएको छ । यस्तै उपसभापति र महामन्त्री पदका आकांक्षीले रु ३० हजार, सहमहामन्त्रीले रु २० हजार तथा केन्द्रीय सदस्य पदका लागि रु ११ हजार शुल्क बुझाउनुपर्नेछ ।

प्रदेशस्तरको नेतृत्वका लागि सभापतिले रु २० हजार, उपसभापति र महामन्त्रीले रु १५ हजार, सहमहामन्त्रीले रु १० हजार र सदस्यले रु ५ हजार निर्धारण गरिएको छ । जिल्लातर्फ सभापतिलाई रु १५ हजार, उपसभापति तथा सचिवलाई रु ७ हजार, सहसचिवलाई रु ६ हजार र सदस्यका लागि रु ३ हजार शुल्क तय भएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय सभापतिले रु १० हजार, उपसभापति/सचिवले रु ५ हजार, सहसचिवले रु ४ हजार र सदस्यले रु २ हजार बुझाउनुपर्नेछ । प्रदेश सभा क्षेत्रतर्फ सभापतिलाई रु ७ हजार, उपसभापति/सचिवलाई रु ४ हजार, सहसचिवलाई रु ३ हजार र सदस्यलाई रु २ हजार तोकिएको छ ।

स्थानीय तह अन्तर्गत महानगर र उपमहानगर सभापतिका लागि रु ७ हजार, उपसभापति/सचिवका लागि रु ४ हजार, सहसचिवका लागि रु ३ हजार र सदस्यका लागि रु २ हजार शुल्क राखिएको छ ।

नगरपालिका सभापतिलाई रु ५ हजार, उपसभापति/सचिवका लागि रु ३ हजार, सहसचिवका लागि रु २ हजार र सदस्यलाई रु १ हजार निर्धारण गरिएको छ ।

गाउँपालिका सभापतिका लागि रु ५ हजार, उपसभापति/सचिवका लागि रु २ हजार, सहसचिवका लागि रु १,५०० र सदस्यका लागि रु १ हजार दस्तुर तोकिएको छ । प्रारम्भिक वडा तहमा भने सभापतिले रु १ हजार, उपसभापति, सचिव र सहसचिवले रु ७ सय तथा सदस्य र क्षेत्रीय प्रतिनिधिले रु ५ सय उम्मेदवारी दस्तुर बुझाउनुपर्ने प्रावधान छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।