काठमाडौँ । नेपाली बजारमा मङ्गलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्यमा पनि सामान्य गिरावट दर्ता भएको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

