Khaptad Organic Nepal

काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौला समूहको बहुप्रतीक्षित नयाँ चलचित्र ‘छ माया छपक्कै २’ आगामी दसैँको अवसर पारेर असोज ३१ गते (फूलपाती) देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ ।

शनिबार निर्माण पक्षले सार्वजनिक गरेको पहिलो झझल्को (पोस्टर) मा मुख्य कलाकारहरू दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईलाई फरक शैलीमा उतारिएको छ । पोस्टरमा केकी र सनिशा दुवैलाई गर्भवती रूपमा देखाइएको छ भने उनीहरूको माझमा दीपकराज गिरी भगवान् श्रीकृष्णको अवतारमा बाँसुरी बजाइरहेका भेटिन्छन् । यो दृश्यले फिल्म हास्यरस र सामाजिक विषयवस्तुमा आधारित रहेको सङ्केत गर्छ ।

दीपेन्द्र लामाको निर्देशन तथा दीपकराज गिरीको लेखनमा बनेको यस चलचित्रमा निर्मल शर्मा, कर्मा शाक्य, जितु नेपाल, रिहान गिरी र रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

रोहित अधिकारी निर्माता रहेको यस फिल्ममा दीपक–दीपा समूह र अधिकारीबीच दोस्रो पटक सहकार्य भएको हो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।