Khaptad Organic Nepal

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज वर्षभरिका देवकार्य तथा पितृकार्यका लागि आवश्यक पर्ने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँसी पर्व मनाउँदैछन् ।

शास्त्रोक्त विधिपूर्वक ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्न मिल्ने भए पनि आजका दिन भित्र्याइएको कुश भने वर्षभरि नै उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको साक्षात प्रतीकका रूपमा पूजा गरिन्छ ।

आजैका दिन छोराछोरीहरूले आफ्ना जीवित बाबालाई मनपर्ने परिकार तथा मिठाई खुवाएर आदर-सम्मान प्रकट गर्दै ‘बाबुको मुख हेर्ने’ गर्दछन् । बाबु दिवङ्गत भइसकेकाहरूले भने गोकर्णेश्वर महादेव मन्दिरलगायतका विभिन्न पवित्र तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने गर्दछन् ।

विशेष गरी काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा आज ठूलो मेला लाग्ने भएकाले यसलाई गोकर्णे औँसी पनि भनिन्छ । आजका दिन गरिएको दानबाट हजारौँ गुणा बढी पुण्य मिल्ने धार्मिक विश्वास छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।