Khaptad Organic Nepal

काठमाडौँ । मलेसियामा सञ्चालन भइरहेको एसीसी प्रिमियर कपको अन्तिम भिडन्तमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदैछन् ।

क्वालालम्पुरस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ७:१५ बजेदेखि सुरु हुने यस खेलले उपाधि विजेताको टुङ्गो लगाउनेछ । प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई तथा युएईले हङकङ चाइनालाई पन्छाउँदै फाइनलको यात्रा तय गरेका हुन् । तेस्रो स्थानका लागि पनि आजै ओमान र हङकङ चाइनाबीच प्रतिस्पर्धा हुँदैछ ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलको इतिहासलाई हेर्दा नेपाल र युएईबीच हालसम्म १५ वटा खेल भएका छन् । जसमध्ये नेपालले ९ खेलमा जित निकालेको छ भने युएई ६ खेलमा विजयी भएको छ ।

सन्दीप लामिछानेको कप्तानत्वमा रहेको १४ सदस्यीय नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा समेटिएका छन् ।

आजको फाइनल खेल जित्ने टोलीले सन् २०२७ को जुनमा बंगलादेशमा आयोजना हुने एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ । उक्त एसिया कपका लागि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान भने सिधै छनोट भइसकेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।