Khaptad Organic Nepal

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार अवधिभर उतारचढावका बीच अन्ततः नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा ओर्लिएर बन्द भएको हो ।

यस दिन ३५७ वटा कम्पनीका १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता शेयर कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँमा किनबेच भएका छन् । समग्र बजार ओरालो लाग्दा ट्रेडिङ उपसमूहबाहेक अन्य सबै क्षेत्रका सूचक राताम्मे बनेका छन् ।

घट्दो बजारका बीच पनि १० प्रतिशत केबीएल डिबेन्चर ९० को शेयर मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढेको छ भने ७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२ को मूल्य १० प्रतिशतले उकालो लागेको छ । यता, हाथवे इन्भेस्टमेन्ट नेपालका शेयरधनीले भने आज सबैभन्दा धेरै १०.५८ प्रतिशतको घाटा व्यहोरेका छन् ।

कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रह्यो, जसको ३५ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो । त्यस्तै, शिवम सिमेन्टको २९ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार हुँदै दोस्रो स्थान हासिल गर्‍यो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।