काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिने क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतकी अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री कर्स्टी म्याकनिलबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ ।
उक्त अवसरमा दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे फलदायी कुराकानी भयो ।
छलफलका क्रममा विशेष गरी नेपालमा विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन बेलायती सहयोग र सहकार्यलाई कसरी विस्तार गर्ने भन्ने विषयमा ध्यान केन्द्रित गरिएको थियो ।

