काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज अपराह्न १ बजे बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले एउटा महत्त्वपूर्ण प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
मन्त्री गौतमले ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावमाथि संसद्मा छलफल हुनेछ ।

