Khaptad Organic Nepal

काठमाडौँ । बाढीका कारण अतिप्रभावित भई विपद् सङ्कटग्रस्त घोषणा गरिएका पाँच जिल्लाका १५ स्थानीय तहका बाढीपीडित परिवारले सरकारबाट तत्काल राहत पाउने भएका छन् ।

गृह मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै राहत वितरण प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बाढीबाट घरबारविहीन भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि यो सहयोग उपलब्ध गराउन लागिएको हो ।

सरकारले तय गरेको मापदण्ड अनुसार चार जनासम्म सदस्य रहेको परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराइनेछ । परिवारमा चार जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्य बराबर मासिक दुई हजार रुपैयाँ थप गरी रकम प्रदान गरिनेछ ।

यो सुविधा सरकारी होल्डिङ सेन्टरमा नबसी आफ्नै व्यवस्थापनमा अस्थायी रूपमा बसोबास गर्न चाहने बाढीपीडितका लागि मात्र लागू हुनेछ । बाढीले घर पूर्ण रूपमा क्षति भई बस्न अयोग्य भएका परिवारलाई वैकल्पिक व्यवस्था नभएसम्म बढीमा ६ महिनाका लागि मात्र यो राहत प्रदान गरिने जनाइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।