Khaptad Organic Nepal

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिएर प्रधानमन्त्री वालेन्द्र शाह आज (शनिबार) अपराह्न स्वदेश फर्कन लागेका छन् ।

उनी दिउँसो काठमाडौँ ओर्लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको स्वदेश आगमनलगत्तै परराष्ट्र मन्त्रालयले दिउँसो ३: ४५ बजे विमानस्थलमै पत्रकार सम्मेलन गरी भ्रमणबारे विस्तृत जानकारी गराउने भएको छ ।

महासभामा सहभागी हुन गत मङ्गलबार साँझ अमेरिका पुगेका प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघीय मञ्चबाट सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपालका प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य र विश्वव्यापी चासोका विषयमा देशको स्पष्ट दृष्टिकोण राखेका थिए ।

विशेषगरी भोटेकोशी र त्रिशूलीमा आएको भीषण बाढीलाई जलवायु परिवर्तनको असरका रूपमा औंल्याउँदै उनले हिमाली क्षेत्रमा उत्पन्न जोखिमप्रति विश्व समुदायको ध्यान आकृष्ट गराए । अमेरिका बसाइका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।