Khaptad Organic Nepal

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा शुक्रबार राति अमेरिकातर्फ प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा उनले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च नेतृत्वका साथै निजी क्षेत्रका प्रमुख लगानीकर्ताहरूसँग उच्चस्तरीय संवाद गर्नेछन् ।

नेपालको विकास र अर्थतन्त्रलाई गति दिने उद्देश्यले हुन लागेको यस भ्रमणमा द्विपक्षीय सहयोग अभिवृद्धि, पूर्वाधार पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट नेपाललाई मुक्त गराउने प्रयास र बृहत् आर्थिक सुधारका एजेन्डामा केन्द्रित रहेर छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ ।

यसैगरी, गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण पुगेको ठूलो भौतिक तथा आर्थिक क्षतिपछिको पुनर्निर्माण र उत्थानशील विकासका लागि आवश्यक वित्तीय साधन जुटाउन अमेरिका र विश्व बैंकका प्रतिनिधिहरूसँग ठोस कुराकानी हुनेछ ।

सडक तथा विद्युत् प्रसारण लाइनजस्ता दीर्घकालीन महत्त्वका पूर्वाधारमा वैदेशिक तथा निजी क्षेत्रको लगानी भित्र्याई मुलुकभित्रै रोजगारी र नयाँ आर्थिक अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकताका साथ उठाइने अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।