Khaptad Organic Nepal

काठमाडौँ । स्पेनमा चुलिँदो घरभाडा, आवासको चर्को अभाव र महँगिँदो जीवनयापनका कारण जनआक्रोश चुलिएपछि हजारौँ नागरिक सडकमा उत्रिएका छन् ।

घर किन्न असम्भवप्रायः बनेको र भाडादर निरन्तर आकासिएपछि सुरु भएको यो प्रदर्शन केवल आर्थिक समस्यामा सीमित नरही सरकारका लागि ठूलो राजनीतिक संकटका रूपमा उभिएको छ ।

आइडियलिस्टा नामक घरजग्गासम्बन्धी वेबसाइटको तथ्याङ्क अनुसार सन् २०१६ मा प्रतिवर्गमिटर ८.२० युरो रहेको औसत घरभाडा यो वर्ष १५.१० युरो पुगेको छ । करिब एक दशकमा भाडादर दोब्बरले बढेपछि न्यून आय भएका परिवार र युवापुस्ता प्रत्यक्ष मारमा परेका छन् । युरोपेली संघमा औसत १८ प्रतिशत भाडावालाले मात्र आफ्नो आम्दानीको ठूलो हिस्सा घरमा खर्च गर्ने गरे पनि स्पेनका २६ प्रतिशत नागरिकले कुल आम्दानीको ४० प्रतिशतसम्म रकम घरभाडा र उपयोगितामै बुझाउन बाध्य छन् । यसका साथै कुल आवासमा सरकारी स्वामित्वका घरको हिस्सा २ प्रतिशतभन्दा कम हुनुले समस्यालाई थप जटिल बनाएको छ ।

यस आन्दोलनको केन्द्रीय चेहरा ८७ वर्षीया वृद्ध मारिया डेल कार्मेन अबास्काल बनेकी छन् । म्याड्रिडमा ७० वर्षदेखि बस्दै आएकी उनको भवन अन्तर्राष्ट्रिय लगानी कोषले किनेपछि भाडा दुई सय प्रतिशतभन्दा बढी बढाएर मासिक करिब १,८८० अमेरिकी डलर पुर्‍याइएको थियो । भाडा तिर्न नसकेपछि प्रहरीले उनलाई घरबाट निकाल्दै गरेको तस्बिर सार्वजनिक भएपछि व्यापक जनआक्रोश पैदा भयो । यद्यपि उनी आफ्नो घर फर्किन सफल भइन्, तर आन्दोलनकारीहरूले ‘अब अर्को मारिया कार्मेन होइन’ भन्ने नाराका साथ आन्दोलन थप चर्काएका छन् ।

वार्षिक करिब नौ करोड ७० लाख पर्यटक भित्रिने स्पेनमा छोटो अवधिका लागि पर्यटकलाई महँगोमा घर भाडामा दिने होडबाजीले पनि स्थानीयका लागि आवासीय घरको संकट गहिरिएको हो । स्थिति नियन्त्रणमा लिन प्रधानमन्त्री पेद्रो सान्चेज नेतृत्वको गठबन्धन सरकारले भाडा वृद्धि नियन्त्रण, विस्थापनमा रोक, र छोटो अवधिका सम्झौतामा कडाइ गर्ने जस्ता आपत्कालीन प्रस्तावहरू संसद्मा पेस गरेको थियो । तर, क्याटालोनियाको पृथकतावादी दल ‘जुन्त्स’, जनवादी पार्टी र ‘भोक्स’ को विरोधका कारण ३५० सदस्यीय तल्लो सदनमा ती प्रस्तावहरू पारित हुन सकेनन् ।

प्रस्ताव अस्वीकृत भएपछि देशभर आक्रोश थप भड्कियो र अक्टोबर ३ मा म्याड्रिड, बार्सिलोना, भ्यालेन्सियासहित ५० भन्दा बढी सहरहरूमा हजारौँ मानिस प्रदर्शनमा उत्रिए । म्याड्रिडमा मात्रै ७० हजारभन्दा बढीको सहभागिता रहेको उक्त आन्दोलनका क्रममा भ्यालेन्सियामा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।

संसद्मा आफ्ना नीतिहरू असफल भएपछि र विपक्षीको चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री सान्चेजले सन् २०२७ को जुलाईमा हुनुपर्ने आमनिर्वाचन समयअगावै अर्थात् आगामी नोभम्बर २९ का लागि घोषणा गरेका छन् । यसरी एउटा वृद्ध महिलाको विस्थापनबाट चर्किएको जनआक्रोशले अहिले स्पेनको राष्ट्रिय राजनीतिमै ठूलो हेरफेर ल्याइदिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।