Khaptad Organic Nepal

काठमाडौँ । मुलुकभर पश्चिमी वायुका साथै मनसुनी प्रणालीको आंशिक प्रभाव कायम रहँदा पहाडी तथा हिमाली भेगमा बदली र हल्का वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानकै आसपासमा अवस्थीति रहेको छ ।

महाशाखाका अनुसार आज तराई भेगमा मौसम सामान्यतया सफा रहे पनि पहाडी र हिमाली क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हलुका वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा मुख्यतया बदली रहनेछ । तराई क्षेत्रमा भने मौसम सफा नै रहने र पूर्वी तथा मध्य पहाडी भेगका एकाध ठाउँमा हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।