Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा शुभकामना दिँदै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी महामन्त्री गगन थापाले नेपाली राजनीतिमा निरन्तरताको परम्परालाई तोड्दै नयाँ फड्को मारेको बताएका छन् ।

अहिलेको जटिल राजनीतिक परिस्थितिमा कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउने प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै प्रचण्डले अब गगन थापाका लागि देशको बागडोर सम्हाल्ने उपयुक्त समय आएको धारणा व्यक्त गरे । सम्बोधनका क्रममा उनले लोकतान्त्रिक प्रणालीका पक्षधरहरूले अग्रज तथा वरिष्ठ नेताहरूको अवहेलना गर्न नहुनेमा जोड दिँदै सबैलाई समेटेर नेतृत्व लिन सुझाव दिएका छन् ।

मुलुक गम्भीर मोडमा रहेको र वर्तमान सरकारका गतिविधिले देशलाई थप जोखिमतिर धकेल्न सक्ने चिन्ता व्यक्त गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार तत्काल टुङ्गोमा पुर्‍याउनुपर्ने बताए । यी कार्यहरू समयमै सम्पन्न नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै उनले थापाकै अगुवाइमा शान्ति प्रक्रियाको बाँकी काम सफल हुने आशा व्यक्त गरे ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।