Khaptad Organic Nepal

काठमाडौँ । जिम्बाब्वेको राजधानी हरारेबाट करिब ७० किलोमिटर पूर्वमा पर्ने मरोन्डेरा क्षेत्रमा भीषण हेलिकप्टर दुर्घटना हुँदा सवार सबै ६ जनाको ज्यान गएको छ । उडान भरिरहेको हेलिकप्टर अचानक खसेर आगलागी हुँदा दुई जना चालक दलका सदस्य तथा चार जना यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा जिम्बाब्वेका चर्चित व्यवसायी ४३ वर्षीय विकनेल चिवायो र उनकी पत्नी लुसी मुतेकेको समेत ज्यान गएको पुष्टि भएको छ । चिवायो ऊर्जा तथा पूर्वाधार क्षेत्रमा सक्रिय कम्पनी ‘इन्ट्राट्रेक जिम्बाब्वे’का संस्थापक हुन् । ग्वान्डा सौर्य परियोजनाजस्ता प्रमुख सरकारी ठेक्का पाएर चर्चामा आएका उनी राष्ट्रपति एमर्सन मनाङाग्वाका निकट मानिन्थे ।

आफ्नो विलासी जीवनशैली, महँगा गाडी तथा हेलिकप्टरका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर चर्चित बनेका चिवायोका व्यावसायिक र राजनीतिक सम्बन्धहरू सधैँ चासोका विषय बन्ने गरेका थिए । उनले राष्ट्रपति मनाङाग्वाका साथै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, केन्याका राष्ट्रपति विलियम रुटो, तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसन र इस्वाटिनीका राजा मस्वाती तृतीयजस्ता शीर्ष नेताहरूसँगका भेटघाटका भिडिओ तथा तस्बिरहरू सार्वजनिक गर्दै आएका थिए ।

स्थानीय समय अनुसार बुधबार साँझ करिब ५ बजे घटनाबारे खबर प्राप्त भएको प्रहरीले जनाएको छ । दुर्घटनाको मुख्य कारण अझै नखुलेको र यसबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।