काठमाडौँ । चाडपर्वका बेला काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको कमी हुँदा सर्वसाधारणले भोग्नुपर्ने सास्तीलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले दुईवटा बसमार्फत निःशुल्क सेवा प्रदान गर्न थालेको छ ।
आजबाट सुरु भएको यो सेवा लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म निरन्तर रहनेछ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट छुट्ने बसहरूले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो, बल्खु, सितापाइला, कलङ्कीलगायतका मुख्य क्षेत्रहरू समेट्दै स्थानीय यात्रुहरूलाई सहज आवतजावतको सुविधा पुर्याउनेछन् ।

