Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्वले आजदेखि विधिवत् रूपमा पार्टीको डाडुपन्यु सम्हाल्दै छ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइने कार्यक्रम छ । सभापति गगन थापाले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शपथ ग्रहण कार्यक्रम सम्पन्न भएलगत्तै निर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र हस्तान्तरण गरी पदबहाली गराइनेछ । भर्खरै सम्पन्न १५औँ महाधिवेशनबाट सभापति पदमा गगन थापा ९४ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका थिए । त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर जबरा एवम् डिला संग्रौला चयन भएका छन् ।

पदभार ग्रहणलगत्तै आजै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी गरिएको छ । उक्त बैठकमा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुका साथै बाँकी रहेका प्रदेश र जिल्ला अधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।