Khaptad Organic Nepal

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले पर्वतीय एजेन्डा, जलवायु वित्त र जलवायु न्यायका विषयलाई प्रमुखताका साथ उठाउने भएको छ ।

कृषि, वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार आयोजित राष्ट्रिय जलवायु शिखर सम्मेलन–२०२६ लाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा हुने आगामी कोप–३१ मा हिमाली क्षेत्रका जोखिम र समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गरिने प्रतिबद्धता जनाए ।

हिमाली क्षेत्रको पारिस्थितिक प्रणालीमा आएको सन्तुलनको असर जल, खाद्य, ऊर्जा र आर्थिक सुरक्षासँग प्रत्यक्ष जोडिएकाले हिमालको संरक्षणलाई विश्वव्यापी साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा उनले जोड दिए ।

पेरिस सम्झौता बमोजिम विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नु हिमाली मुलुकका लागि जीवन-मरणको विषय भएको बताउँदै मन्त्री खनालले तापक्रम थोरै मात्र बढे पनि हिमनदी पग्लिने र अपूरणीय क्षति पुग्ने चेतावनी दिए ।

नेपालले जलवायुजन्य क्षति तथा नोक्सानी कोषबाट दुई करोड १६ लाख अमेरिकी डलर प्राप्त गर्ने निर्णयलाई सहकार्यको ठूलो उपलब्धिका रूपमा उल्लेख गर्दै उनले क्षतिपूर्ति कोषको सहायता प्रक्रियालाई सरल र पहुँचयोग्य बनाउन अन्तर्राष्ट्रिय समुदायसँग माग गरे ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।